free website hit counter

एनएमबि बैंकको एजीएमबाट लाभांश पारित

beemaadmin
२०७८ पुष २३, शुक्रबार

काठमाण्डौ । बैंक अफ द इयर एसिया २०२१ र बैंक अफ द इयर नेपाल २०२१ बाट सम्मानित भएको एनएमबि बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित कुल १५.८ प्रतिशत लाभांश अनुमोदन गरेको छ। काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आज बिहीबार सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तपुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको हो। सभाद्वारा स्वीकृत बोनस सेयर जारीपश्चात बैंकको चुक्तापुँजी रु. १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ। बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड र निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए।
बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ। एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटीएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित समाचार