free website hit counter

एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल दिने

beemaadmin
२०८३ श्रावण २४, आईतवार

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ।

फण्डले २०८३ साल असार मसान्तमा कायम कुल इकाई पुँजी ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसाको ५.२५ प्रतिशतका दरले २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रतिफल प्राप्त गर्न २०८३ साल साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनी योग्य हुनेछन्।

फण्डले प्रतिफल वितरण प्रक्रिया नियामकीय व्यवस्था तथा पारदर्शी प्रणालीअनुसार सम्पन्न गर्ने जनाएको छ। इकाईधनीले चाहेमा प्राप्त प्रतिफलबाट थप इकाई खरिद गर्न सक्ने गरी लाभांश पुनर्लगानी योजना (डीआरआईपी) को सुविधा पनि उपलब्ध गराइएको छ।

पुनर्लगानीमा सहभागी नहुने इकाईधनीको प्रतिफल कर कट्टीपछि सम्बन्धित बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।

एनएमबि क्यापिटलले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण र स्थिर प्रतिफलमार्फत लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार