free website hit counter

एनएमबीलाई जर्मन टभ राइल्यान्ड आइएसओ

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । एनएमबी बैंकले आफ्नो सेवालाई सुरक्षित र व्यवस्थित गरेबापत जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः २०१३ प्रमाणपत्र पाएको छ । बैंकले आफ्नो कार्य प्रणालीलाई व्यवस्थित र सुरक्षित गरेको आधारमा टभ राइल्यान्ड प्रमाणपत्र प्राप्त गरेको हो ।

आईएसओ प्रमाणपत्र पाएसँगै एनएमबी राइल्यान्डबाट प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक भएको छ । डाटा तथा सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनमा बैंक उत्कृष्ट देखिएकाले सो प्रमाणपत्र प्रदान गरिएको राइल्यान्डले बताएको छ ।

टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्ट गटफ्रिद फरम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई आईएसओ प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । निरीक्षण सेवा र आईएसओ प्रमाणिकरणमा विश्व मान्यता प्राप्त राइल्यान्ड १४५ वर्ष पुरानो र अग्रणी संस्था हो ।

सम्बन्धित समाचार