free website hit counter

एनएलजी इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको खातामा

beemaadmin
२०८१ जेष्ठ २१, सोमबार

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७९–८० का लागि पारित बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै गत फागुन ३ गते सम्पन्न कम्पनीको १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ५.५० प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज नेप्से र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। गत माघ २४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले उल्लेख गरेको छ । गत माघ २४ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ। उक्त मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीहरुको सेयर रोक्कामा रहेको वा नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्नेतर्फ आवश्यक प्रक्रिया अगाडि गर्नुपर्ने कम्पनीले आग्रह गरेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार