free website hit counter

एनएलजी इन्स्योरेन्सद्वारा हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

beemaadmin
२०८० आश्विन १०, बुधबार

काठमाडौं। एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। नियुक्ति सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन्। एनएलजीइन्स्योरेन्सले हाल कायम १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्ता पुँजीमा ६६ प्रतिशत (१०ः६.६ अनुपातमा) हकप्रद सेयर जारी गर्न लागेको हो। कम्पनीलाई नियामक नेपाल बिमा प्राधिकरणले हकप्रद निष्कासन अनुमति दिइसकेको छ। यस्तै, कम्पनीले गत साउन १५ गतेको विशेष साधारण सभामार्फत हकप्रद सेयर प्रस्ताव पनि पारित गरिसकेको छ। हकप्रद सेयर बिक्रीपछि एनएलजीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार