free website hit counter

एनएलजी इन्स्योरेन्सले तोक्यो साधारणसभा

beemaadmin
२०८२ जेष्ठ ४, आईतवार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभा जेठ २९ गते आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ । त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आवमा भएको खर्च अनुमोदन गर्नेलगायतका प्रस्ताव पनि सभाका लागि तय भएका छन् । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्नेछ । त्यसैले जेठ २१ गतेसम्म कायम रहने शेयरधनी प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी हुन पाउनेछन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार