free website hit counter

एनएलजी इन्स्योरेन्स कार्त्तिक ७ गतेदेखि ५ दिन बन्द

beemaadmin
२०७७ कार्तिक ४, मंगलवार

काठमाडौं । कोरोना कहरकाबीचमा पनि सेवा दिएका बैैंक, बीमा तथा वित्तीय संस्थाहरुले यस वर्षको दशैंमा भने पाँच दिनसम्म सम्पूर्ण कार्यालय बन्द गर्ने भएका छन् ।

एनएलजी इन्स्योरेन्स कम्पनीको कार्यालय आगामी कार्तिक ७ गतेदेखि बन्द हुने भएको छ । दशैंको अवसरमा कार्तिक ७ गतेदेखि ११ गतेसम्म सार्वजनिक बिदा भएकोले कम्पनीले सो अवधिसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यससँगै सो अवधिमा बीमासँग सम्बन्धित अत्यावश्यक सेवाको जानकारीको लागि ग्राहकले कम्पनीका सम्बन्धित कर्मचारीसँग सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । बिमितले बीमा पोलिसी र दावी सम्बन्धी सेवाको लागि कम्पनीले उपलब्ध गराएको सम्बन्धित कर्मचारीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

अति आवश्यक पर्नेले तलको नम्बरमा सम्पर्क गर्न सक्नेछन्

सम्बन्धित समाचार