free website hit counter

एनसीसीको नाफा ७५ करोड

beemaadmin
२०७६ माघ २७, सोमबार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ६४ लाख रुपैयाँ बढी हो। पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० करोड बढी हो। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २ करोड ८१ लाख रुपैयाँ बढेर १ अर्ब ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरिमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा प्रभावित भएको हो। बैंकको इम्पेरिमेन्ट चार्ज चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड ३३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

खुद नाफा सामान्य बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ४१ पैसा बढेर १८ रुपैयाँ ६० पैसा कायम भएको छ।

पुस मसान्तसम्ममा बैंकको जगेडा कोषमा २ अर्ब ५८ करोड २२ लाख रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा १ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ र शेयर प्रिमियममा १६ करोड ९८ लाख रुपैयाँ रहको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५२ करोड ५२ लाख रुपैयाँ रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा ६३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ६४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार