free website hit counter

एनसीसी कतारको युवा संयोजकमा मगर

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । धनकुटा सेवा समाजका महासचिवसमेत रहेका युवा समाजसेवी रविन मगर गैरआवासीय नेपाली संघ, एनसीसी कतारको युवा संयोजकमा विजयी भएका छन् । सन् २०१९–२०२१ का लागि चुनिएका मगरले यो पदमा नियुक्त भएपछि गैर आवासीय नेपालीको पक्षमा आवाज बुलन्द बनाउने र उनीहरुका समस्या समाधान गर्दै रचनात्मक कार्यका साथ अगाडि बढ्ने बताएका छन् । गैर आवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद्को केही दिनअघि सम्पन्न आठौं महाधिवेशनबाट मगर संयोजकमा निर्वाचित भएका हुन् । मगर थुप्रै पेशागत र सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।

सम्बन्धित समाचार