free website hit counter

एनसीसी बैंकले कति गर्यो लाभांश घोषणा

beemaadmin
२०७८ मंसिर १५, बुधबार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । ८ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब नाघ्ने छ ।
प्रस्तावित ८.४२ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार