free website hit counter

एनसीसी बैंकले बढायो नाफा

beemaadmin
२०७८ श्रावण ३१, आईतवार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा बढेको छ। गत असार मसान्तसम्ममा बैंकले १ अर्ब २७ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.६८ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी सामान्य घटेपनि नेट फि तथा कमिसन आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.२७ प्रतिशत घटेको छ भने नेट फि तथा कमिशन आम्दानी १४.६० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ११.९१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ४० करोड ५६ लाख रुपैयाँबाट बढेर ४१ करोड ९२ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १०.२७ प्रतिशत बढेको छ भने जगेडा कोष १२.१७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ४६.४९ प्रतिशत र कर्जा ४५.३९ प्रतिशत बढेको छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४७ पैसा बढेर १२ रुपैयाँ ३२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४० पैसा रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार