free website hit counter

एभरेष्ट बैंकको प्रस्तावित लाभांश पारित

beemaadmin
२०७८ पुष ३, शनिबार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २७ औं वार्षिक साधारणसभाले सेयरधनीका लागि प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । आर्थिक वर्ष २०७७–०७८ का लागि ६ प्रतिशत बोनस सेयर र ४।३२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको सो बैंकले जनाएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ ।

प्रस्तावित ५३ करोड ३६ लाख २३ हजार ३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण भएपश्चात बैंकको जारी र चुक्तापूँजी नौ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ पुग्नेछ । जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

आर्थिक वर्ष २०७८–७९ का लागि श्री सुन्दर एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय पनि साधारणसभाले सर्वसम्मतिबाट पारित गरेको छ । देशभर बैंकका १०५ शाखा सञ्जाल र प्रादेशिक कार्यालय तथा १३८ एटीएम बुथ छन् । नेपाल सरकारको राजस्व संकलन निम्ति पनि बैंकले ३१ वटा केन्द्रबाट सेवा दिइरहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो

beemaadmin
२०८१ मंसिर १३, बिहीबार