free website hit counter

एभरेष्ट बैंकको साधारणसभा सम्पन्न

beemaadmin
२०८१ आश्विन २१, सोमबार

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरुलाई आब २०८०–८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ । आब २०८१–८२ को लागि श्री एन अमात्य एन्ड कम्पनीलाई लेखा परीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

सम्बन्धित समाचार