free website hit counter

एभरेष्ट बैंकले घोषणा गर्‍यो १० प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश

beemaadmin
२०८३ भाद्र १२, शुक्रबार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको हाल कायम चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको छ। प्रस्तावित लाभांशअनुसार शेयरधनीले ५ प्रतिशत बोनस शेयरसँगै १० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गरिनेछ।

वार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार