काठमाडौं । बैंकहरुको भीडमा आफ्नो व्यवसायिक दक्षता प्रदर्शन गर्दै अगाडि बढेको एभरेष्ट बैंकले नेपालीहरुको महान चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै बैंकले घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागि ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सावारी साधनको लागि ‘गाडी तथा मोटरसाइकल कर्जा’ तथा व्यक्तिगत प्रायोजनको लागि ‘व्यक्तिगत कर्जा’ योजना ल्याएको हो ।
भदौ २७ गते देखि लागु भएको यस कर्जा योजनामा घर कर्जा ७.४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८ प्रतिशत, मोटरसाइकल कर्जा ७.९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ ।