free website hit counter

एभरेष्ट बैंक मर्जरमा नजाने

beemaadmin
२०७९ भाद्र १७, शुक्रबार

काठमाण्डौ । मर्जरको हल्ला चलाएर शेयर बजारमा चलखेल भइरेको घटनाप्रति एभरेष्ट बैंकले सो हल्लामा सत्यता नभएको प्रष्ट पारेको छ । एभरेष्ट र सनराइज बैंकको मर्जर हुन लागेको हल्ला चलाएर दोश्रो बजारको सेयरमूल्यमा चलखेल भएको पाइएको छ । एभरेष्ट बैंकले हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि कुराकानी गरेको छैन । अनौपचारिक कुराकानी पनि भएको छैन । तर, केही खेलाडीहरुले एभरेष्ट बैंकको नामसँग सनराइज बैंकको नाम जोडेर बजार घटेको बेला सेयरमूल्यमा खेल्ने प्रयास गरेका पाइएको हो । एभरेष्ट बैंकका प्रवक्ता केशवराज पौडेलले बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि औपचारिक वा अनौपचारिक कुराकानी वा छलफल नै नगरेको प्रष्ट पारेका छन् । अहिलेसम्म सम्भावित मर्जरका लागि कुनै कमिटी नै बनाएको बैंकले स्पष्ट पारेको छ । राष्ट्रबैंक वा अन्य कुनै निकायबाट मर्जरमा जानुपर्ने निर्देशन वा दवाब पनि नआएको बताइएकोछ । एभरेष्ट बैंक मर्जरमा जानुपर्ने अवस्थामा समेत नरहेको प्रष्ट पार्दै सनराइज वा अन्य कुनै पनि बैंकसँग मर्जरको कुनै पनि छलफल नभएको प्रष्ट पारिएको छ ।

सम्बन्धित समाचार