free website hit counter

एम्बुलेन्स चालकदेखि चिकित्ससम्मको २५ लाखको बीमा

beemaadmin
२०७६ चैत्र १७, सोमबार

काठमाडौं । कोभिड १९ को उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट व्यवस्था गर्ने भएको छ । त्यस्तै सामुहिक क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई खाने व्यवस्था स्थानीय तह र संघीय सरकारले व्यवस्था गर्ने भएको छ । त्यस्तै कोरोना उपचारमा संलग्न चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतलाई असार मसान्तसम्म २५ लाखको बीमा गर्ने पनि सरकारले निर्णय गरेको छ । त्यस्तै निजी स्वास्थ्य संस्थालाई आफ्ना सवै सेवा जारी राख्न र २० प्रतिशत छुट दिन व्यवस्था मिलाउने सरकारले जनाएको छ । त्यसैगरी निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने गरी व्यवस्था मिलाउन सरकारले भनेको छ । त्यस्तै शहरी क्षेत्रमा घरबेटीले डेरावालाको एक महिनाको भाडा नलिन सरकारले घरबेटीलाई आग्रह गरेको छ भने उनीहरुबाट घरबहाल कर नलिने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

एउटा भ्यागुताको मूल्य ३ लाख

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

प्रभु बैंकको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार