free website hit counter

एलआइसी नेपालको २२औँ वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०८१ असार १५, शुक्रबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआईसी नेपालको आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९–८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले अनुमोदन गरेको छ । सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । अध्यक्षको अनुमतिले अन्य कुनै विषयहरुमाथि पनि सभामा छलफल भएको जनाइएको छ ।

सम्बन्धित समाचार