free website hit counter

एलआइसी नेपालद्वारा पराजुली परिवारलाई २३ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ बैशाख ६, बिहीबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी एलआइसी नेपालको चाबहिल शाखाले बीमितको निधनपछि मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २०८१ बैशाख ०४ गते सोमबार काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका ४ जोरपाटी निवासी स्व। सुमन पराजुलीको परिवारलाई जीवन बीमा वापतको २३ लाख ६८ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । स्व पराजुलीको श्रीमती कल्पना पराजुलीलाई उक्त मृत्यु दावी वापतको रकम एलआइसी नेपाल चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता ईश्वरी प्रसाद भट्टराईको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो । स्व बिमित पराजुलीको केही महिना अघि हृदयघातको कारण ४८ वर्षको उमेरमा निधन भएको थियो । उनले नौ वर्ष पहिले बरिष्ठ अभिकर्ता एवं एजेन्सी मेनेजर लक्ष्मण महत मार्फत रू १५ लाखको जीवन बीमा गराएका थिए ।

सम्बन्धित समाचार