काठमाडौं । कोरोना कहरले विश्वलाई असहज बनाइरहेको बेला लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले पहिलो त्रैमाससम्ममा बीमा शुल्क आर्जन बढाएको छ भने जीवन बीमा कोषमा ७० अर्ब रुपैयाँ संचिती गर्न सफल भएको जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २० प्रतिशतले बढेर पाँच अर्ब ३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ४ करोड १ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा १४४ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले २ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको पुनर्बीमा कमिशन आयबाट ५० लाख रुपैयाँ भन्दा बढी आर्जन गरेको छ भने लगानी कर्जा तथा अन्यबाट आय १ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ । समिक्षा अवधिमा कम्पनीले यस अवधिसम्ममा चार हजार १ सय ५९ टा दाबी वापत २७ लाख ५३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ८८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ४० रुपैयाँ ४३ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ५७ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ७० अर्ब रुपैयाँ संचित रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४० रुपैयाँ ४३ पैसा रहेको छ ।