free website hit counter

एलआईसीको साधारणसभा असार ३० मा

beemaadmin
२०८२ असार ५, बिहीबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआईसी नेपाल० लाभांश प्रस्तावसहित २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा असार ३० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ः४५ बजेदेखि बस्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०।५२६ प्रतिशत नगद लाभांश ९करसहित० वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ । यसका साथै गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ भने चालू आवका लागि लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिक टुंगो लगाउनेछ । सर्वसाधारण शेयरधनीतर्फ समूह खबाट १ जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको अनुमोदन गरिनेछ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असार १६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १५ गतेसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि भाग लिन पाउनेछन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार