free website hit counter

एलआईसी नेपालको बीमाशुल्क १५ अर्ब नजिक, सबै सूचांकमा प्रगति

beemaadmin
२०७८ श्रावण ३१, आईतवार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशति गर्दै सबैजसो सूचांकमा प्रगति गरेको देखाएको छ । समिक्षा अवधिमा १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १४.९० प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १४ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ, पुनर्बीमा कमिशन बापत १ करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि ५९.४४ प्रतिशतले बढेर १९ करोड ९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सको खुद नाफा बीमांकिय मुल्यांकनपछि फरक पर्न सक्नेछ। चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६४ करोड ८७ लाख, जीवन बीमा कोषमा ८१ अर्ब ६ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात २७१.१२ गुणा छ। यस अवधिमा इन्स्योरेन्सले १७ अर्ब १४ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले १८ हजार ९८० वटा दाबी बापत ७ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २५ करोड ७२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार