free website hit counter

एलआईसी नेपालद्वारा लाभांश घोषणा

beemaadmin
२०८२ जेष्ठ १, बिहीबार

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको १४० औं बैठकले गत आर्थिक वर्ष २०८०–८१ का लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०–८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ५ अर्बको कुल १०.५२६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०७९र८० सेयरधनीहरुलाई कुनै पनि लाभांश दिएको थिएन ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार