free website hit counter

एलआईसी नेपालमा अधिकतम् ८० रुपैयाँसम्म बोनस पाइने

beemaadmin
२०७७ मंसिर ४, बिहीबार

काठमाडौं । बीमा बजारमा परिचित, स्थापित र अग्रणी बीमा कम्पनी एलआईसी नेपालले अधिकतम् ८० रुपैयाँसम्म बोनस दर घोषणा गरेको छ । कम्पनीले पेश गरेको बोनसदर कार्तिक २८ गते बीमा समितिबाट स्वीकृत भएपछि सार्वजनिक गरेको हो । एलआईसी नेपाल नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढि बोनस दिने कम्पनीमा पर्दछ।

कम्पनीले आर्थिक वर्ष २०७५–०७६ का लागि न्यूनतम् ६६ रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले पाँच वटा बीमा प्रडक्टको १३ प्रकारको बीमा योजनाहरुको छुट्टा छुट्टै बोनस दर सार्वजनिक गरेको हो । नयाँ बोनस दरअनुसार सावधिक तथा रुपान्तरित सावधिक जीवन बीमालेखमा २५ वटा सोभन्दा बढि अवधीको बीमालेखमा प्रतिहजार ८० रुपैयाँ बोनस पाइनेछ छ ।

त्यस्तै, २० वर्ष आजिवन बीमालेखमा ७७ रुपैयाँ बोनस पाइनेछ भने २०–२४ वर्षे सावधिक जीवन बीमालेखमा ७० रुपैयाँ बोनस पाइनेछ । कम्पनीले सबैभन्दा धेरै प्रडक्ट बिक्री गरेको ५–१९ वर्षे जीवन बीमा पोलिसीमा ६६ रुपैयाँ बोनस दर कायम भएको कम्पनीले जनाएको छ ।

आजिवन बीमालेख अन्तर्गत १५ वर्षे अवधीका बीमालेखको लागि ६८ रुपैयाँ र १० वर्षे अवधीको लागि ६६ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । त्यस्तै, अग्रिम भुक्तानी बीमालेखमा समेत ६६ रुपैयाँदेखि ६८ रुपैयाँ प्रतिवर्ष प्रति हजार रुपैयाँ बोनस निर्धारण गरिएको छ ।

एलआईसी नेपालले एकल बीमा शुल्क भएको जीवन आस्था योजना अन्तर्गत पाँच वर्षे जीवन बीमा पोलिसीमा ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार प्रतिफल सुनिश्चित गरेको जनाएको छ । साथै सो बीमा योजना अन्तर्गत ३ वर्षे अवधीको एकल बीमा शुल्क बीमा योजनामा ८० रुपयाँ प्रतिफल सुनिश्चित गरिएको जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार