free website hit counter

एलआईसी नेपालले गर्यो बिमितको परिवारलाई १ करोड २६ लाख दावी भुक्तानी

beemaadmin
२०७७ आश्विन २६, सोमबार

काठमाडौं । बीमितको मृत्युपछि पीडित आश्रित परिवारलाई झण्डै १ करोड २७ लाखको मृत्यु दाबी भुक्तानी भएको छ । कोरोनाबाट एक बीमितको मृत्यु भएपछि लाईफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपालले सवा करोड भन्दा बढि मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले नवपरासीका सुवासचन्द्र गिरीको मुत्यु पश्चात उनको श्रीमती अनितादेवी गिरीलाई १ करोड २६ लाख ९५ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरेको हो । एलआईसी नेपाल नवलपरासी शाखाले एक कार्यक्रम आयोजना गरी मृतक गिरीको परिवारलाई बीमा दावी भुक्तानी गरेको हो ।

नवलपरासीमा ब्लक उद्योगी ३८ बर्षिय गिरीले ६ वर्ष पहिले २० लाख बीमाङ्कको, ४ वर्ष पहिले ३० लाख बीमाङ्कको र गत साउन ४ गते ५० लाखसहित कूल एक करोड बीमाङ्कको बीमा एलआईसी नेपालमा गराएका थिए । गिरीका परिवार बोनस सहित कूल १ करोड २६ लाख ९५ हजार रुपैयाँ नवलपरासी शाखा प्रबन्धक बालकृष्ण चौधरीले हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार