free website hit counter

एलआईसी नेपालले गर्यो लाभांश प्रस्ताव

beemaadmin
२०७८ पुष १०, शनिबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत गरी २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

सम्बन्धित समाचार