free website hit counter

एशियन लाइफको शेयरमूल्य समायोजन

beemaadmin
२०७८ माघ १२, बुधबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले इन्स्योरेन्सको २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार ५७ रुपैयाँ ६० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार ३२२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–०७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश पारित गर्न इन्स्योरेन्सले माघ २१ गते, होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगंजमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाले इन्स्योरेन्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबात स्वीकृती लिने तथा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार