free website hit counter

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ मंसिर ८, बुधबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितको निधनपछि कम्पनीले मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको महेन्द्रनगर शाखा कार्यालय अन्तर्गत उप शाखा जोगछदा कार्यालयले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो । कम्पनीले डडेल्धुरा जिल्लाको प्रशुराम नगरपालिका ५ जोगवुढा निवासी स्व. किसन बोहराको परिवारलाई दाबी भुक्तानी दिएको कम्पनीले जनाएको छ । हृदयघातका कारण उनको मृत्यु भएको थियो । बोहराको परिवारलाई कम्पनीले बीमा दाबी वापतको १० लाख २३ हजार ७९५ रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त रकम बोहराकी पत्नी आस्था बोहरालाई दिएको कम्पनीले जनाएको छ ।
उक्त रकम स्थानीयको उपस्थितीमा क्षेत्रिय उप प्रमुख जयानन्द भट्ट, उप शाखा प्रमुख चक्रबहादुर, वरिष्ठ अभिकर्ता मदन धामीले हस्तान्तरण गरेको हुन् । मृतक बोहराकी पत्नीले बीमा रकम समयमानै उपलब्ध गराएको भन्दै कम्पनीका सबै कर्मचारीलाई धन्यवाद दिइन् । साथै उनले बी सचेतना सबैमा फैलाउन मद्दत गर्ने बताइन् ।

सम्बन्धित समाचार