free website hit counter

एशियन लाइफले गर्यो अभिकर्ताको सम्मान

beemaadmin
२०८१ आश्विन १९, शनिबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशको दुई स्थानमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशको दाङ र कोहलपुरमा अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरेको हो। तुलसीपुरमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले क्लब मेम्बर र बिजनेश म्यानेजरलाई सम्मान पत्र वितरण गरेका थिए । अभिकर्ताको व्यवसायीक दक्षता अभिवृद्धिका लागि डा तारा जीले बिक्री उत्प्रेरणा सम्बन्धी प्रशिक्षण समेत दिएका थिए । इन्स्योरेन्सका अनुसार सम्मान कार्यक्रममा दाङ, रूकुम, रोल्पा, प्युठान, सल्यान लगायतको जिल्लाका सकृय अभिकर्ताहरूको सहभागिता रहेको थियो । यसैगरी सम्बन्धित जिल्लाको शाखा,उपशाखा कार्यालयका प्रमुखहरूको समेत उपस्थिति रहेको छ। कार्यक्रमको सभापतित्व इन्स्योरेन्सको लुम्बिनी प्रदेश प्रमुख केशव राज गिरीले गरेका थिए । यसैगरी इन्स्योरेन्सले लुम्बिनी प्रदेशको बाँके बर्दिया जिल्ला अन्तर्गतका अभिकर्ताको सम्मान कार्यक्रम कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा गरेको छ। कार्यक्रममा कम्पनीको बजार विभागका विजय पराजुलीले अभिकर्तालाई प्रशंसा पत्र सहित सम्मान गरेका थिए । बिहीबार आयोजित कार्यक्रममा बाँके बर्दियाका अभिकर्ता र शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो । सहभागिहरूलाई प्रशिक्षक लेखनाथ पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रम कर्णाली प्रदेश प्रमुख जयानन्द भट्टको सभापतित्वमा सम्पन्न भएको थियो।

सम्बन्धित समाचार