free website hit counter

एशियन लाइफ इन्स्योरेन्सको निमित्त सिईओमा श्रेष्ठ

beemaadmin
२०७७ श्रावण २२, बिहीबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सिईओ राजेशकुमार श्रेष्ठले दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर बिदावारी भएपछि रिक्त रहेको सो पदमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले उनलाई निमित्त सिईओ नियुक्त गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको दुई वर्ष कार्यकाल पुरा भएकोले अर्को व्यवस्था नभएसम्मको लागि होम बहादुर श्रेष्ठलाई निमित्त सिईओको जिम्मेवारी दिएको बताइएको छ । उनी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत थिए ।

सम्बन्धित समाचार