काठमाडौं । एशियन लाइफ इन्सोरेन्स कम्पनीले एक विमितको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कलैयास्थित शाखाले बिमितको घरमै गएर २ लाख ९६ हजार ८ सय रुपैयाँ भुक्तानी गरेको हो । कलैया–९ स्थित रामपुर टोल बस्ने ५७ वर्षीय दशै साह तुरहाले गत असार ८ गते अचानक अस्वस्थ भई ज्यान गुमाएका थिए ।
तुरहा परिवारललाई एशियन लाइफ इन्सोरेन्सले २ लाख ९६ हजार रुपैयाँ सय चेक घरमै गएर प्रदान गरेको हो । सो चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष डा. अख्तर अंसारीले मृत्युलाई कसैले रोक्न, छेक्न नसक्ने तर बिमाले आर्थिक क्षतिलाई कम गर्न सक्ने बताए । समयमै मृत्यु दावी भुक्तान गरेको प्रति धन्यवाद दिदै वडा अध्यक्ष डा. अंसारीले यो रकमबाट तुरहा परिवारलाई आर्थिक राहत हुने बताएका थिए ।