free website hit counter

एशियन लाइफ इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए शपथ

beemaadmin
२०७८ भाद्र २, बुधबार

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको संचालक समितिका नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा दिपक कुमार श्रेष्ठ निर्वाचित भएपछि यस कम्पनीको संचालक समितिको १६४ औं बैठकले उनलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार