free website hit counter

एसियन लाइफको नाफा ६० प्रतिशतले बढ्यो

beemaadmin
२०८२ बैशाख २९, सोमबार

काठमाडौं । चालू आवको तेस्रो त्रैमाससम्ममा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ३३ करोड ४७ लाख रुपियाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुनलामा ५९.५१ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले २० करोड ९८ लाख रुपियाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क २०.२ प्रतिशतले बढेर ६ अर्ब ७३ करोड ३८ लाख रुपियाँ र कुल आम्दानी ७.३५ प्रतिशतले बढेर ९ अर्ब २४ करोड रुपियाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीको नाफासँगै प्रतिशेयर आदानी पनि बढेर ८.२३ रुपियाँ बाट १३.१३ रुपियाँ कायम भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ भने १२८.५७ रुपियाँ छ । ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ८८ लाख रुपियाँ र अन्य इक्विटीमा ७ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार