free website hit counter

एसियन लाइफको बीमाशुल्क १.६४ अर्ब, नाफा पनि बढ्यो

beemaadmin
२०७९ कार्तिक ३०, बुधबार

काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ६१ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय ५० करोड ८८ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कम्पनीले ४६ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ३०।०२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३५ करोड ८८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर १० करोड ७० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च १० करोड ३६ लाख रुपैयाँ रहेको थियो। प्रथम त्रैमासमा कम्पनीको खुद नाफा २१.५८ प्रतिशतले बढेको छ। कम्पनीले यो अवधिमा ११ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २०.३१ प्रतिशतले बढेर ३३ अर्ब ६३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा २७ अर्ब ९५ करोड रुपैयाँमा सीमित थियो। जगेडा तथा कोषको आकार भने ३०.११ प्रतिशतले घटेर ६८ करोड ९० लाख रुपैयाँ सीमित भएको छ। गत वर्ष यही अवधिमा जगेडामा ९८ करोड ५९ रुपैयाँ थियो। यो अवधिमा कम्पनीको कुल कायम बीमालेखको संख्या ५ लाख २२ हजार ३३६ वटा रहेको छ। गत वर्ष यही अवधिमा यो संख्या ३ लाख ३२ हजार ४३० थियो। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २३.८० गुणा र प्रतिसेयर नेटवर्थ १३२.९८ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार