free website hit counter

एसियन लाइफ इन्स्योरेन्स १३औं वर्षमा प्रवेश

beemaadmin
२०७६ चैत्र २१, शुक्रबार

काठमाडौं । विगत १२ वर्षदेखि जीवन बीमा बजारमा दरिलो उपस्थिति जनाएको एसियन लाइफ इन्स्योरेन्स कम्पनी १३ औं वर्षमा प्रवेश गरेको छ । देशको विषम परिस्थितिका बाबजुद कम्पनीले आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेको छ । यस अवसरमा कम्पनीले अभिकर्ता, कर्मचारी, शेयरधनी तथा नियामक निकायहरुप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी, सुदृढ, सरल र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

कम्पनीले मुलुक लकडाउनमा रहेका कारण बीमा शुल्क बुझाउन ढिला भएका कारण बीमालेख व्यतित नहुने जनाउँदै वैशाख मसान्तसम्म बीमा शुल्क बुझाउँदा व्याज नलाग्ने बताएके छ । यसैगरी, नियमति बीमा शुल्क पनि अनलाइनमार्फत् भुक्तान गर्न सकिने उल्लेख गरेको छ ।

अर्थबीमा डटकम एसियन लाइफ इन्स्योरेन्स कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

सम्बन्धित समाचार