free website hit counter

ऐतिहासिक मूल्यबाट घट्यो सुनको मूल्य

beemaadmin
२०८० फाल्गुन ३०, बुधबार

काठमाडौं । हालसम्मकै उच्च मूल्यमा पुगेर सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य, बुधबार भने घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला तीन दिनदेखि यस्तो सुन हालसम्मकै उच्च मूल्य अर्थात प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। त्यसैगरी, यस दिन तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २० रुपैयाँ घटेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार