free website hit counter

ऐतिहासिक मूल्यबाट घट्यो सुनको मूल्य

beemaadmin
२०८० फाल्गुन ३०, बुधबार

काठमाडौं । हालसम्मकै उच्च मूल्यमा पुगेर सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य, बुधबार भने घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला तीन दिनदेखि यस्तो सुन हालसम्मकै उच्च मूल्य अर्थात प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। त्यसैगरी, यस दिन तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २० रुपैयाँ घटेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

सम्बन्धित समाचार