free website hit counter

ओलीका केन्द्रीय सदस्यलाई शीतल निवास पुर्याएर राष्ट्रपतिको बधाई

beemaadmin
२०७७ पुष २९, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा को–को छन् भन्ने सूची सार्वजनिक नभए पनि थाहा पाएकाहरूले बधाई दिएका आधारमा चियापसल, चोक, चौतारामा केन्द्रीय सदस्यको चर्चा हुने गरेको छ । ललितपुरबाट तत्कालीन जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, ललितपुर १ का सांसद नवराज सिलवाल, तत्कालीन प्रदेश कमिटी सदस्यहरू मधुसूदन पौडेल, मैना अछामी, सुरेन्द्रमोहन शार्मा, बाबुराम थापाहरू केन्द्रीय सदस्य भए । ओलीको विचारमा सधैँभरि समर्पित भएका पूर्वसांसद तथा बागमती प्रदेश कमिटीका सदस्य मिठाराम शर्मालाई भने केन्द्रीय सदस्य नबनाएर अन्याय गरियो ।
ओलीको केन्द्रीय कमिटी हजारौंको संख्यामा भएको थाहा पाएपछि नाम फिर्ता लिनेको संख्या थपिएजस्तै प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सांसद देवकी श्रेष्ठलाई राष्ट्रपतिज्यूले भेट्न खोज्नुभएको छ भनेर शीतलनिवास पु¥याई ल बधाई छ, केन्द्रीय सदस्य हुनुभो, डोरमणिलाई सघाउनुस्, के गर्नुपर्छ म छु भनेको चर्चा आएको छ । श्रेष्ठ केन्द्रीय सदस्य अस्वीकार गरेर अष्टलक्ष्मीकै कित्तामा उभिएकी छन् । महानगरभित्र ओलीको खास खम्बा मानिएकी डा.सुमित्रा अमात्य, प्रदेश कमिटी सदस्य अप्सरा चापागाईं, बाबुकाजी प्रधानलगायतले पनि अरु केन्द्रीय सदस्यको नाम सुनेपछि आफू प्रदेश कमिटीमा रहनुपर्दा अप्ठ्यारो मानेका छन् ।
अझ केन्द्रीय सदस्यमा थपिएका योगेन्द्र घिसिङको चर्चा त अचम्मले हुने गरेको छ । संविधानसभा सदस्य घिसिङ केपी ओली प्रधानमन्त्री निर्वाचित हुँदा संसद्मा अनुपस्थित थिए भने संविधान जारी हुँदा पनि अनुपस्थित रहे । तिनै घिसिङलाई तत्कालीन माओवादी केन्द्रले संसद् विकास कोषको रकममा घुस कमिसन लिएको लगायत भ्रष्टाचार र पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । घिसिङले डिसेम्बर २० अर्थात् पुस ५ गते संसद् विघटनसँगै फेसबुकमा लेखेका थिए– ‘केपी र विद्याले संसद् र संविधानमाथि कू गरे, समाजवादी क्रान्तिका लागि जनता जागौं ।’ सोही दिन संसद् विघटन तुच्छ स्वार्थ हो भन्दै ओली मूर्दावाद लेखे । तर, यो नारा र आक्रोश २ हप्ता पनि टिकेन । ओलीको नेकपामा केन्द्रीय सदस्य भएको भन्दै आफैँ फोटो सार्वजनिक गरेपछि भने नेता बनेका र नबनेकाहरूमा उस्तै आक्रोश थपिएको छ । एमालेहरू एक होऔं भन्दै भित्रभित्रै अभियान चलाइरहेको ओली नेतृत्वको नेकपाले माथि बादल, टोपबहादुर, मणि थापाहरू र तल योगेन्द्रहरूलाई सँगै राखेर जनयुद्धको हुर्मत लिने अवस्था बन्दा जनयुद्ध लडेर आएका माओवादीे तीनछक परेका छन् । (जनआस्थाबाट)

सम्बन्धित समाचार