free website hit counter

कंगनापछि शिवसेनाको निशानामा अक्षय

beemaadmin
२०७७ भाद्र ३०, मंगलवार

बलिउड अभिनेत्री कंगना रनौत र शिवसेनाबीच आरोपप्रत्यारोप चलिरहेको छ। महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरे नै विवादमा तानिएका छन्। कंगना र शिवसेनाको ‘वार’का बीच अभिनेता अक्षय कुमारलाई पनि विवादमा तान्ने प्रयास गरिएको छ। शिवसेनाले आफ्नो मुखपत्र सामनामार्फत अक्षयको आलोचना गरेको हो। सुशान्तसिंह राजपुत प्रकरणमा लापरवाही भएको बताउँदै कंगना र शिवसेनाका प्रवक्ता सञ्जय राउतबीच आरोपप्रत्यारोप चल्यो। त्यसक्रममा कंगनाले मुम्बईको तुलना पाकिस्तान अधिनस्थ काश्मीरसँग गरिन्, मुम्बई पुलिसको तुलना बाबरसँग। कंगनाको यो अभिव्यक्तिमा मौन बसेको भन्दै शिवसेनाले अक्षयलाई प्रश्न गरेको छ। बलिउडमा अक्षयलाई बीजेपी नजिक मानिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको विशेष सम्बन्ध छ। कंगना प्रकरणमा पर्दा पछाडि बीजेपी र शिवसेनाको लडाइँ भइरहेको र कंगनालाई बीजेपीले उचालेको चर्चा भइरहँदा बीजेपी निकट भनिएका अक्षयलाई शिवसेनाले टार्गेट गरेको हो। शिवसेनाले सामनामार्फत भनेको छ, ‘अक्षय कुमारलाई मुम्बई धेरै कुरा दिएको छ। उनले यो सपनाको सहरमा अपार सफलता पाएका छन्। तर पनि उनले कंगनाविरुद्ध एक शब्द बोलेनन्। मुम्बईको अपमान भइरह्यो तर उनले यसको विरोध गरेनन्। सामनाले अगाडि लेखेको छ, ‘पुरै नभए पनि आधा उद्योग त मुम्बई अपमानको विरोधमा आउनुपर्थ्यो। कंगनाको अभिव्यक्ति पूरै फिल्म जगतको धारणा हुन सक्दैन। विरोध हुनुपर्थ्यो। कम्तिमा अक्षय कुमार जस्ता ठूला कलाकारले अगाडि आउनु पर्थ्यो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार