काठमाडौं। चौतर्फी विरोध बढेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइने भएको छ । दुई हप्ता लामो निषेधाज्ञा भोलि बुधबार रातिदेखि सकिँदैछ। बुधबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निषेधाज्ञाका विषयमा निर्णय लिने बताइएको छ। सो सम्बम्धि निर्णय गर्न बुधबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने तय भएको छ। स्रोतका अनुसार जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ। निषेधाज्ञा जारी राख्दा दैनिक श्रम गरेर गुजारा चलाइरहेका वर्ग बढी समस्यामा परेका भन्दै निषेधाज्ञालाई केही खुकुलो बनाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार भन्सारमा रोकिएका सामान ल्याउन दिने, निश्चित मापदण्ड अपनाएर उद्योगधन्दा संचालन गर्न दिने र विकास निर्माणको कामलाई पनि निरन्तरता दिने तयारी भएको छ।
निषेधाज्ञा खुकुलो बनाउँदा संक्रमण बढ्ने र जारी राख्दा दैनिक ज्यालामजदुरी गरेर खाने वर्ग समस्यामा पर्ने अवस्था सिर्जना भएपछि लकडाउन थप पनि खुकुलो बनाएर अघि बढ्ने तयारी भएको स्रोतलेब ताएको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि भदौ तीन गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी गरेपछि झन संक्रमितको संख्या बढ्दै गएको छ । यही अवस्थामा तत्कालै निषेधाज्ञा हट्ने सम्भावना पनि छैन । त्यसैले उद्योगधन्दालाई चलाउने अवस्था र निर्माण सामग्रीलाई छाड्ने गरी निषेधाज्ञा जारी राख्ने तयारी भइरहेको बताइएको छ ।