free website hit counter

कति घट्यो सुनको भाउ ?

beemaadmin
२०८० चैत्र २३, शुक्रबार

काठमाडौं । शुक्रबार सुन र चाँदी दुबैको भाउ घटेको छ। सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार छापावाला सुन हालसम्मकै उच्च मूल्य १ लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै शुक्रबार चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी पनि हालसम्मकै उच्च मूल्य प्रतितोला १ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार