free website hit counter

कति घट्यो सुनको भाउ ?

beemaadmin
२०८० चैत्र २३, शुक्रबार

काठमाडौं । शुक्रबार सुन र चाँदी दुबैको भाउ घटेको छ। सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार छापावाला सुन हालसम्मकै उच्च मूल्य १ लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै शुक्रबार चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी पनि हालसम्मकै उच्च मूल्य प्रतितोला १ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार