free website hit counter

कर बढाउने निर्णयप्रति अर्थ मन्त्रालयको आपत्ति

beemaadmin
२०७६ फाल्गुन १६, शुक्रबार

काठमाडौँ । विकास करका नाममा सरकारले पेट्रोलियम पदार्थमा बढाएको रकमप्रति अर्थ मन्त्रालयले आपत्ति जनाएको छ । अर्थ मन्त्रालयले इन्धनमा लाग्दै आएको कर वृद्धिबारे सञ्चारमाध्यममा आएको समाचारबारे ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आर्थिक ऐन २०७६ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै इन्धनमा लाग्दै आएको पूर्वाधार कर समायोजन भएको जनाउँदै त्यस्तो करबाट जनतालाई कुनै भार नपर्ने स्पष्ट पारेको हो ।
उक्त दफामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यकता अनुसार यो ऐन र प्रचलित अन्य कानून बमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल र करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल र कर आंशिक वा पूर्णरुपमा छुट दिन सक्ने कानूनी व्यवस्था रहेको भन्दै बमोजिम हाल लगाइएको पूर्वाधार विकास करको दर परिमार्जन गरी नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलको दरमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६ फागुन १२ को निर्णयानुसार गरिएको समायोजन गरिएको जनाएको छ ।
विभिन्न मिडियाले आर्थिक ऐन छलेर करको दर समायोजन गरेको, उपभोक्तालाई भार पर्नेगरी करको समायोजन गरेको जस्ता समाचारप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलका मूल्य घट्दै गएको अवस्था रहेको जनाउँदै भारतसँगको खुला सीमानाका कारण भारतीय बजारमा प्रचलित मूल्यलाई आधार मानेर मूल्य समायोजन गर्नुपरेको समेत जनाएको छ ।
मन्त्रालयले हाल नेपाल आयल निगमको नाफा एवम् वित्तीय अवस्था सहज भएको भन्दै सिर्जना हुने निगमको नाफा पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त हुने देखिएकोले करको दरमा परिमार्जन गर्दा उपभोक्ता मूल्यमा वृद्धि नगरीकन नै निगमको वित्तीय अवस्था सुदृढ रहने दाबी गरेको छ ।

सम्बन्धित समाचार