काठमाडौं । मागभन्दा अत्यधिक धेरै आवेदन परेपछि रिलायन्स लाईफ इन्स्योरेन्सको आइपीओ सबैले नपाउने भएका छन् । रिलायन्सले जारी गरेको आईपिओमा आवेदन दिने समय सोमबारबाट बन्द भएको छ ।
प्रारम्भिक जानकारी अनुसार हालसम्म आवेदन दिनेको संख्या छ लाख नाघेको छ । कूल ५६ लाख ७० हजार कित्ता शेयरका लागि आवेदन खुल्ला गरेकोमा १० गुणाभन्दा कमले भरेको भए सबैले १० कित्ता अनिवार्य पाउने थिए । तर, सो सीमा नाघेपछि अब सबै आवेदकले शेयर नपाउने भएका छन् । मेरो शेयर लगायतका अनलाईनबाट भरेकाहरुको तथ्याङ्क अनुसार हालसम्म छ लाख छ हजार ३३१ जनाले आवेदन दिएको पुष्टि भएको छ ।
सो तथ्याङ्कमा बैंकमार्फत भरेकाहरुको विवरण प्राप्त नभइसकेकोले अन्तिम विवरण तयार हुन बाँकी छ । अन्तिम विवरण आउँदा अझै थप हुनसक्ने जनाइएको छ । हालसम्म दुई करोड ४१ लाख ८७० कित्ता शेयरको लागि आवेदन दिएका छन् । कूल ५६ लाख ७० हजार कित्तामा आवेदन माग गरेकोमा माग भन्दा ३२५ प्रतिशत भन्दा बढिको आवेदन परेको हो ।