free website hit counter

कसै गर्दा पनि बचेन सुत्केरी गंगाको ज्यान

beemaadmin
२०७७ जेष्ठ ११, आईतवार

खाँदबारी । कोही सुत्केरी मर्नु नपरोस् भनेर दूरदराजबाट समेत उद्दरका लागि सरकारले सबै व्यवस्था मिलाएको छ । त्यसै कारण दूरदराजमा सुत्केरी व्यथाले छटपटाइरहेकाहरुको उद्धार गर्दै ज्यान बचाउने काम पनि भइरहेको छ । तर उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनको मृत्यु भएको बताइएको छ ।
नवजात शिशु गुमाएकी ३२ वर्षीया कार्कीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार ४ बजे काठमाडौँ ल्याइएको थियो । उनीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह ल्याइएको थियो । उनलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि उनीलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो । सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । त्यहाँ उनका परिवारले दुई लाखभन्दा बढी खर्च गरेका जनाइएको छ । अस्पतालमा थप शुल्क तिर्न नसकेपछि उनीलाई घर फर्काएको थियो ।

सम्बन्धित समाचार