free website hit counter

कस्तो छ सञ्जय दत्तको अवस्था ?

beemaadmin
२०७७ भाद्र २२, सोमबार

बलिउड अभिनेता सञ्जय दत्त फोक्सोको क्यान्सरबाट पीडित भई उपचाररत सञ्जयको किमोथेरापीको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। दोस्रो चरण ८ सेप्टेम्बरबाट सुरु हुँदैछ। किमोथेरापी लिनु सहज छैन। नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि क्यान्सरबाट पीडित हुँदा किमोथेरापी पद्धतीबाट उपचार गराएकी थिइन्।

उनले किमोथेरापी गर्दाको पीडा र अनुभवलाई बाँड्दै आएकी छन्। उनले सञ्जयलाई पनि आफ्नो अनुभव शेयर गरिसकेकी छन्। चिकित्सकहरुले सञ्जयको दोस्रो चरणको किमोथेरापी पनि सफल हुने विश्वास गरेका छन्। अहिलेसम्म निश्चित भइसकेको छैन कि सञ्जयलाई किमोथेरापीको कति चरण आवश्यक पर्नेछ। सञ्जय लङ्ग क्यान्सरविरुद्ध अमेरिका नगई भारतबाटै लडिरहेका छन्। सञ्जयलाई उपचारका लागि अमेरिका जानु राम्रो हुने सुझाव चिकित्सकले नदिएका होइनन्।

उनले भिसा पनि लिइसकेका थिए। तर पछि उनले स्वदेशमै उपचार गर्ने निर्णय लिएर मुम्बईमा अस्पताल भर्ना भए। र उनको पहिलो चरणको किमोथेरापी सफल भएको छ। यद्यपि हालत विग्रियो भने उनलाई विदेश उपचारका लागि लान सकिने परिवारका सदस्यले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। अघिल्लो महिला श्वासप्रश्वास समस्या देखिएपछि अस्पताल भर्ना हुँदा सञ्जयलाई फोक्सो क्यान्सर रहेको र हालत नाजुक स्थितिमा रहेको पत्ता लागेको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार