विपरित लिंगप्रतिको आकर्षण हरेक प्राणीमा हुन्छ । त्यसमा पनि मान्छे त सर्वोत्कृष्ट प्राणी हो । एउटी युवतीको युवकप्रतिको आकर्षण होस् या एक युवकको युवती प्रतिको आकर्षण । युवकको तुलनामा युवतीहरु धेरै चलाख हुन्छन् । एउटी युवतीसँग युवाको भेट हुँदा ती युवतीले कस्तो कलरको लुगा लगाएकी थिइन् भनेर भन्न नसक्ला तर युवतीले ती युवकको सबै चेहरा पढिसकेकी हुन्छिन् । एक भेटमै महिलाहरुले पुरुषको भित्री कुरा पत्ता लगाउन सक्छन् । आखिर महिलाले पुरुषहरुको के कुरामा ध्यान पुर्याइरहेका हुन्छन् भन्ने विषयमा हामीले यहाँ खोजपूर्ण सामग्री प्रस्तुत गरेका छौं ।
१. सरसफाई र कपडा लगाउने तरिका : सामान्यतया महिलाहरु यस्ता पुरुषहरुलाई ध्यान दिन्छन् जो दिनहुँ नुहाउँछन् । महिलाले पूरुषको कपडा लाउने तरिकाको ख्याल राख्ने गर्दछन् । उसले कस्तो त कुन पेन्टमा कस्तो टिर्सट कस्तो टिर्सटमा कुन पेन्ट आदी कुराहरुमा निकै ख्याल राख्ने गर्दछन् । त्यसैले पुरुष मित्रहरुले कपडा लगाँउदा विचार गर्नुहोला ।
२. अनुहार र मुस्कान : महिलाहरु पुरुषको अनुहार सफा भएको मन पराउँछन् । उनीहरु कुनै दाग नभएको तथा डण्डीफोर, चाँयापोतो भएको मन पराउँदैनन् । महिलाको एउटै मुस्कान पनि कुनै पुरुषलाई आर्कषक गर्न काफी हुन्छ र पुरुषको मुस्कानले गर्दा महिलाको सोचाई र हेर्ने नजर पनि सकारात्मक हुन्छ । महिलाहरु सफा तथा चमकदार दाँतका साथै राम्रो मुस्कान भएको पुरुषहरु मन पराउँछन् । साथै पूरुषको अनुहारमा मुस्कान छ भने महिलालाई पनि सहज महशुस हुने हुदाँ पुरुष महिलाको अगाडी मुस्कुराउनु आवश्यक हुन्छ ।
३. आखाँ : हिलाले पुरुषको ख्याल गर्ने भनेको अर्को कुरा हो आखाँ पनि भनिन्छ, आखाँबाट नै कतिपय धेरै कुराहरु थाहा पाउन सकिन्छ । आखाँ देखेर नै साचो र झुठो कुराहरु पत्ता लगाउन सकिन्छ । एक अनुसन्धानको अनुसार लगभग ७० प्रतिशत महिलाहरु पुरुषको आखाँमा ध्यान दिने गर्दछन् ।
४. कपाल : महिलाहरु लामो, बाक्लो तथा सिल्की कपाल भएका पुरुषहरु मन पराउँछन् । पक्कै पनि महिलाको लामो र बाक्लो कपाल पुरुषहरुलाई निकै मनपर्छ र सर्वप्रथम कपालबाट नै पुरुष महिलातर्फ आकर्षित हुने गर्दछन् । तर महिलाले चाही पुरुषहरुको लामो कपाल मन पराउदैनन् । त्यसैले यदि कपाल पालीहाले पनि आफनो अनुहारलाई सुहाउने किसिमले पाल्नुहोस् किन कि तपाईंको कपाललाई पनि महिला मित्रले निकै नै ख्याल राख्ने गर्दछन् ।
५. शरीर र वजन : स्टामिना बढी भएका जो काम फुर्तिसँग गर्न सक्छ, महिलाहरु त्यस्ता पुरुषहरु मन पराउँछन् । महिलाले पुरुषको वजनमा पनि धेरै नै चासो राख्ने गर्दछन् । धेरै पातलो पनि हैन र धेरै मोटो पनि हैन उनीहरु पुरुष ठिक्क किसिमको जे लगाउदा पनि फिट हुने खालको शरिर भएको पुरुषलाई मन पराउछन् र वजमा पनि विशेष ख्याल राख्ने गर्दछन् । (एजेन्सी)