free website hit counter

काठमाडौंकाे निषेधाज्ञा खुकुलो भए पनि यी काममाथि झन् भयो कडाई (सूचिसहित)

beemaadmin
२०७७ भाद्र २४, बुधबार

काठमाडौं। काठमाडौं उपत्यकामा तीन साता लामो निषेधाज्ञा खुकुलो पारिए पनि केही निश्चित कार्यलाई भने झन कडाई गरिएको छ । विहीबारबाट काठमाडौं उपत्यकामा जोर विजोर सवारी सञ्चालन गर्न पाइने भएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याउने निर्णय गर्दै बिहीबारबाट नीजि सवारी साधान जोरविजोर, विहान बेलुका पसलहरु खोल्न पाउने गरी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो।

सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताइएको छ । मानिसहरुको भीडभाड हुने क्षेत्रहरु भने खुला गरिएको छैन।

शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्यूटी पार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ । भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखी चलाउन सकिनेछ । यस्तै निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने पनि उपत्यकाका सीडीओहरुको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुस् के गर्न पाइन्छ के पाइँदैन ?

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार