free website hit counter

काठमाडौंको निषेधाज्ञा कडा केकेलाई छ छूट ?

beemaadmin
२०७७ भाद्र ४, बिहीबार

काठमाडौं। राजधानीको निषेधाज्ञा कडा पारिएको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनले बुधवार रातिदेखि निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा आज बिहानदेखि नै मानिसको चहलपहल छैन । सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ भने सामान्य कामका लागि सडकमा निस्किएकाहरु धमाधम कारबाहीमा परको छन् । बुधवार रातिदेखि जारी भएको निषेधाज्ञा भदौ १० गतेसम्म लागू हुनेछ। यस अवधिमा अत्यावश्यक बाहेक सर्वसाधरणको आवतजावतलाई पनि निषेध गरिएको छ। घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुका साथै भौतिक दूरी समेत कायम गर्नुपर्नेछ।
औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु र सेवाको खरिद बाहेक अन्य काममा ननिस्कन आग्रह गरिएको छ। अत्यावश्यक बाहेक अन्य व्यापार व्यवसाय सञ्चालनमा पनि रोक लगाइएको छ। अत्यावश्यक सामाग्री, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बाहेकका अन्य निकायले प्रयोग गर्ने सवारीसाधन उपत्यका प्रवेश गर्न पनि रोक लगाइएको छ। यस्तै, निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ। तर, औषधि, इन्धन, तरकारी फलफूल, विद्युत्, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा आउन–जान र मृत्यु संस्कारमा सहभागी हुनका लागि प्रयोग गर्ने सवारी सञ्चालन गर्न भने पाइनेछ।
प्रशासनले नित्य पूजाबाहेक अन्य सबै मेला, महोत्सव, जात्रा सञ्चालन लगायतका सम्पूर्ण गतिविधिमा रोक लगाएको छ। सरकारको निर्णयले रोकिएका शैक्षिक संस्था, मनोरञ्जन स्थल लगायतको बन्द यथावत नै रहनेछ। स्थानीय प्रशासनका अनुसार बैंकिङ सेवालगायत विभिन्न निकायले विद्युतीय माध्यम वा न्यूनतम कर्मचारीबाट सुरक्षा मापदण्ड अपनाई आवश्यक सेवा प्रवाह गर्नुपर्ने जनाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार