काठमाडौं । अघिल्ला दुई दिनको तुलनामा सोमबार कोरोना संक्रमित बढे । सोमबार १४४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितहरु ६ हजार ६१३ जना रहेका छन् । सोमबार थपिएका संक्रमितमध्ये काठमाडौंका तीन जना, ललितपुरका पाँच जना र भक्तपुरका एक जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार ७०५ रहेको छ । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको कुल संख्या ६०।७ प्रतिशत अर्थात १० हजार २९४ रहेको छ ।
यस्तो छ संक्रमितको विवरण
झापा-४, मोरङ- १, सुनसरी-१, सप्तरी-१,
धनुषा-२७, महोत्तरी-४, काठमाडौं- ३
कपिलवस्तु- ९, भक्तपुर- १
ललितपुर- ५ , काभ्रे-१
कैलाली-११, म्याग्दी- २
दोलखा-१, मकवानपुर-१
रौतहट-९, सिन्धुली- १
बाग्लुङ-२, पर्वत- १
स्याङजा-१, तनहुँ-२
बर्दिया- २, दाङ-२
रुकुम- २, बाँके-१
दैलेख-२, जाजरकोट-१
सुर्खेत- ४१, बझाङ-२
बैतडी-२, अछाम-१